काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको दोस्रो खेलमा शुक्रबार पाकिस्तानले नेदरल्याण्ड्ससँग खेल्दैछ ।
एकदिवसीय वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानले नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको हो ।
बाबर आजम नेतृत्वको पाकिस्तानले दुवै वार्मअप म्याच न्युजिल्याण्ड र अष्ट्रेलियासँग हारेको थियो । एसिया कपमा खराब नतिजाले पनि पाकिस्तान दबाबमा छ ।
उसले सुपर फोरको खेलमा श्रीलंका र पाकिस्तानसँग हारेको थियो । बलियो ब्याटिङ लाइन र घातक बलर सहित मैदान उत्रने पाकिस्तान प्रतियोगिताको उपाधि दाबेदार टिम हो ।
नेदरल्याण्डले विश्वकप छनोट अन्तर्गत जुनमा जिम्बाबेमा खेलेको थियो । सोही कारण नेदरल्याण्ड्स यस प्रतियोगिताको हिस्सा बनेको हो । उसको अष्ट्रेलिया र भारतविरुद्धको वार्मअप म्याच पानीका कारण हुन सकेन ।
खेल हैदराबादमा नेपाली समय अनुसार दिउँसो सवाँ २ बजे सुरु हुनेछ ।