एसियाडमा कराँतेका तीन खेलाडी बाहिरीए
बिहिबार, असोज १८, २०८०खेलपाटी संवाददाता
काठमाडौं । एसियन गेम्स अन्तर्गत करातेको पहिलो दिन नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए ।
काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुके ।
एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अघि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७ दशमलव ३० अंक जोडे ।
कराँतेबाट अब ५ खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)