काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले यू–१९ राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
एसीसी यू–१९ प्रिमियर कपका लागि क्यानले १४ सदस्यीय क्रिकेट टिमको घोषणा गरेको हो ।
देव खनालको कप्तानीमा घोषित टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्री, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुभास भण्डारी, बिशाल केसी र मिलान बोहरा छन् ।
रिजर्भ खेलाडीको रुपमा प्रज्वल थापा, विपित रावल, निर्मल गुरुङ र राजेश यादवलाई राखिएको छ ।
मलेसियामा हुने प्रतियोगितामा नेपाल समूह एमा रहेको छ । नेपाल रहेको समूहमा बहराईन, साउदी अरब र इरान छन् ।
प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोली यू–१९ एसिया कपमा छनोट हुनेछ ।
नेपालले अक्टोबर १२ मा इरानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।