आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

‘कबड्डीको अभ्यास हल बनाईदिन पर्यो’

सोमबार, १५ आश्विन २०८०खेलपाटी संवाददाता
‘कबड्डीको अभ्यास हल बनाईदिन पर्यो’
Classic Tech Internet Ad

काठमाडौं । एसियन गेम्समा ऐतिहासिक काँस्य पदक सुनिश्चित गरेको कबड्डीको महिला टिमले अभ्यासका लागि हल बनाईदिन सरकारसँग आग्रह गरेको छ । अभ्यास गर्ने कबड्डीको हल नहुँदा खेलाडीलाई धेरै समस्या परेको भन्दै खेलाडीले काठमाडौंमा अभ्यास गर्ने हल बनाईदिन अनुरोध गरेका हुन् ।

नेपालले सोमबार बंगलादेशलाई हराउँदै महिला कबड्डीमा एसियन गेम्समा पदक पक्का गरेको छ । ऐतिहासिक पदकपछि कप्तान मेनुका राजवंशीले बंगलादेशलाई हराएर पदक जित्ने आशा टिमले राखेको बताईन् । ‘बंगलादेशलाई जितेको खण्डमा पदक पक्का भन्ने थियो । धेरै खुसी लागेको छ ।’ खेलपछि राजवंशीले भनिन् । 

उनले भारतमा गरेको तयारीले एसियाडमा सहयोग पुगेको उल्लेख गर्दै कबड्डीलाई समेत क्रिकेट, फुटबल जसरी हेर्दिन सरकारसँग अनुरोध गरिन् । ‘भारतमा राम्रो अभ्यास भयो । ६–७ अभ्यास म्याच खेलन पाएका थियौं । त्यसले हिम्मत दियो । सरकारसँग बिन्ती गर्न चाहन्छौं कि यसलाई समेत क्रिकेट, फुटबल जस्तो गेमलाई हेरे जसरी हेर्दिन पर्यो । काठमाडौंमा अभ्यास गर्ने हल बनाईदिन पर्यो ।’ उनले थपिन् ।

महिला टिमकी प्रशिक्षक पर्वती राईले महिला कबड्डी टिमले इतिहास रचेकोमा खुसी लागेको बताईन् । उनले अवसर र आधारभुत सुविधा पाएको खण्डमा खेलाडीले असम्भव कुरालाई सम्भव बनाउन सक्ने कुरा कबड्डीले प्रमाणित गरिदिएको बताईन् । प्रशिक्षक राईले महिला कबड्डी टिम अझै अघि बढ्न सक्ने समेत बताईन् । 

‘कम्तीमा तेस्रो पदक प्राप्त भएको छ । हामी अझै अघि बढ्छौं । टिम गेममा केही भन्न सकिन्न । खेलाडीको डिफेन्स र अफेन्समा ताल मिल्यो भने टिम अझै अघि बढ्ने सम्भावना छ ।’ उनले थपिन् ।

पहिलो पटक एसियाडमा समावेश महिला कबड्डीले कम्तिमा काँस्य पदक जित्ने पक्का भएको छ । अधिकांश खेलमा नेपाल पदक नजिक पुग्न नसकिरहेको अवस्थामा नेपालको महिला कबड्डी टिमले कम्तिमा काँस्य पदक पक्का गरेको हो । 

Bajaj Pulsar Motorcycle Ad
#कबड्डीको अभ्यास

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो