एसियाडको जुडोमा नेपालको चुनौती समाप्त
बुधबार, असोज १०, २०८०खेलपाटी संवाददाता
काठमाडौं । एसियन गेम्स अन्तर्गत जुडोमा नेपालको चुनौती समाप्त भएको छ ।
बुधबार मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसंगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो ।
जिओशान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल जापानसँग ४–० ले पराजित भयो ।
टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए ।
यस्तै, आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पराजित भए ।
यस्तै, मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४–० ले नै पछि प¥यो ।
#एसियाडको जुडो






-1748333590.jpeg&w=3840&q=75)

-1746894755.jpeg&w=3840&q=75)





-1761641224925.jpeg&w=3840&q=75)

