आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

एसियाली खेलकुद : नतिजा निराशाजनक 

मंगलबार, असोज ९, २०८०खेलपाटी संवाददाता
एसियाली खेलकुद : नतिजा निराशाजनक 
Classic Tech Internet Ad

काठमाडौं । एसियाडमा नेपालको प्रर्दशन निराशाजनक देखिएको छ । मंगलबार विभिन्न खेलमा नेपाली खेलाडी पराजित बनेका छन् । 

नेपालले पदकको आश गरेको तेक्वान्दो लगायतका खेलमा खेलाडीहरु पदकको नजिकसम्म पुग्न सकेनन् । 

जुडो :

हाङझाव एसियाडको जुडोमा नेपालको यात्रा मंगलबार समाप्त भएको छ । उक्त दिन २ खेलाडीको पराजयसंगै जुडोको व्यक्तिगत स्पर्धामा नेपालको यात्रा टुंगिएको हो । मिक्स टिममा भने नेपालले बुधबार जापानविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई प्रिक्वाटरफाइनलमा काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।

महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासंग इप्पोनकै आधारमा हारिन् । प्रिक्वाटरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिकिन् ।

जुडोमा नेपालबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए ।

महिलामा मनीता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो । सहभागी मध्ये विकासले मात्र एक ‘बाउट’ जिते ।

उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए ।

तेक्वान्दो :
हाङझाव एसियाडको चौथो दिन मंगलबार ३ नेपाली तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरे ।

लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनी अन्तिम ३२ को खेल जितेपनि अन्तिम १६ मा पराजित भए । उनले टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका   थिए ।

प्रिक्वाटरफाइनलमा भने उनी थाइल्यान्ड बानलुङ टुबतिम्दाङसँग २–० ले पराजित भए ।

यसैगरी मंगलबारै भएको महिला ५३ केजीमुनीको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित भइन् ।

महिला ५७ केजी मुनी अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २–० ले पराजित भइन् । यसअघि नै तेक्वान्दोका चार खेलाडी बाहिरिसकेका छन् ।

पौडी : 
हाङझाव एसियाडको पौडीतर्फ महिला १०० मिटर फ्रिस्टायलमा नेपालकी अनुशिया तण्डुकार समग्रमा २५ औं स्थानमा रहिन् । २९ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त स्पर्धामा अनुशियाले मंगोलिया, युएइ, लाओस र टिमोर लिस्टेका खेलाडीलाई पछि पारिन् ।

एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको पहिलो हिटमा अनुशियाले निर्धारित दूरी १ मिनेट ०३।१७ सेकेन्डमा पूरा गरिन् । अनुशिया हिट चरणबाटै बाहिरिन् । हङकङ चाइना, चीन र फिलिपिन्सका खेलाडीले शीर्ष स्थान हात पारे ।

उसु :

उसुमा नेपालका दुई प्रमुख खेलाडी दीपक हमाल र निमा घर्ती मगर मंगलबार पराजित भएका छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।

झिओसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३ औं स्थानमा रहे । उनले नान्छवानमा ९ दशमलव ६३३ तथा नान्गुनमा ९ दशमलव ५४६ गरी जम्मा १९ दशमलव १७९ अंक जोडे । २० खेलाडी सहभागी थिए । इन्डोनेसियाका हरिस होराटियुसले स्वर्ण, दक्षिण कोरियाकी योङमुन लिले रजत र मकाउका जुन्हुवा हुवाङले कांस्य जिते ।

महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १० औं स्थानमा रहिन् । निमाले नान्छ्वानमा ९।१४० तथा नान्दाओमा ९ दशमलव १४० सहित १८ दशमलव  ७०३ अंक बटुलिन् ।

लनटेनिस :

हाङझाव एसियाडअन्तर्गत लनटेनिसको मिक्स डबल्समा नेपालका प्रणव खनाल र सुनिरा थापाको जोडी मंगलबार पराजित भएका छन् ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको दोश्रो चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनिराको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।

स्क्वास :

हाङझाव एसियाडअन्तर्गत चौथो दिन मंगलबार स्क्वासमा नेपाल पुरुष÷महिला दुवै टोली मंगलबार टिम स्पर्धामा पराजित भएको छ ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा सुरु भएको स्पर्धामा पुरुष÷महिलातर्फ दुई इभेन्टमा नेपाल पराजित भयो ।
पुरुषतर्फ समूह ए मा रहेको नेपाल कुवेत र पाकिस्तानसँग समान ३–० ले पराजित भयो ।

टिम इभेन्टमा नेपालका अमिर ब्लोन कुवेतका अली अल्रामेजीसँग ११–२, ११–३, ११–५ ले अमृत थापा मगर अब्दुल्लाह अल्मेजायनसँग ११–२, ११–२, ११–६ र अरहान्त केशर सिंह अम्मार अल्तामिनीसँग ११–३, ११–३, ११–५ ले पराजित भए ।
अर्को खेलमा अमिर पाकिस्तानका नासिर इक्बालसँग ११–२, ११–५, ११–२ ले अमृत असिम मुहमम्दसँग ११–३, ११–२, ११–५ ले र अरहान्त नुर जमनसँग ११–१, ११–८, ११–५ ले पराजित भए ।

यस्तै महिलातर्फ समूह बी मा रहेको नेपाल मलेसिया र मकाउ चाइनासँग ३–० कै नतिजामा पराजित भयो ।

महिलातर्फ नेपालकी स्वस्थानी श्रेष्ठ मलेसियाकी बिन्ती अज्मानस आइरासँग ११–३, ११–१, ११–६ ले विपना ब्लोन अज्मान आइफा बिन्तीसँग ११–२, ११–५, ११–६ र कृष्णा थापा राचेल माए अल्नोल्डसँग ११–४, ११–५, ११–४ ले पराजित भए ।

मकाउविरुद्ध स्वस्थानी लेङ लाम लिएङसँग ११–६, ११–९, ११–४ ले विपना वेएङ चि युएङसँग ११–३, ११–४, ११–४ ले र कृष्णा वाइ लेङ युएङसँग ११–६, ११–५, ११–० ले पराजित भए ।

बक्सिङ :

हाङझाव एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित भएका छन् । पुरुष ५७ केजीको अन्तिम ३२ को खेलमा बुद्ध भियतनामा भान डुयोङ एनगुएनसँग अंकका आधारमा ४–० ले पराजित भए ।

रग्बी :

एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल जितविहीन बनेको छ । रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो ।

मंगलबार भएको ९–१३ औं स्थान निर्धारणका लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो । हाङझाव नर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको अन्तिम खेलमा नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८–० अन्तरले पछि प¥यो ।

योसहित नेपालले खेलेको सबै ६ खेलमा हार व्यहो¥यो । ६ खेल खेल्दा नेपालले समूह चरणमा युएई विरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल ५५–७ ले पराजित भएको थियो । समूह डी मा नेपाल त्यसपछि चीनसँग ६५–० र अफगानिस्तानसँग ४१–० ले पराजित भयो ।

समूह चरणमा तीनवटै खेलमा पराजित नेपाल समूह चरणबाट बाहिरिएपछि ९ देखि १३ औं स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो । जसमा फिलिपिन्ससँग ५५–० र थाइल्यान्डसँग ३६–० ले पराजित भयो । रग्बीमा नेपालसहित १३ राष्ट्र सहभागी थिए । एसियाली खेलकुदको रग्बीमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।

Bajaj Pulsar Motorcycle Ad
#एसियाली खेलकुद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा प्रोफेसर पाण्डे नियुक्त

स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा प्रोफेसर पाण्डे नियुक्त

एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्

एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्

Bajaj Pulsar Motorcycle Ad
भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न फर्किए ‘साम्बा’ र पूजा

भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न फर्किए ‘साम्बा’ र पूजा

सन्न्यास लिँदै शरद

सन्न्यास लिँदै शरद

शरदको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने

शरदको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने

यु–१७ टोली स्वदेश फिर्ता

यु–१७ टोली स्वदेश फिर्ता

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

सिटीको जितमा हालान्डको दुई गोल

सिटीको जितमा हालान्डको दुई गोल

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

फ्लिकले ‘एल क्लासिको’ गुमाउने

फ्लिकले ‘एल क्लासिको’ गुमाउने