एसियाड खेल्न सागर र सन्दीप चीन प्रस्थान
मंगलबार, असोज ९, २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका क्रिकेटरद्वय सन्दीप लामिछाने र सागर ढकाल एसियन गेम्सका लागि आज चीन प्रस्थान गरेका छन् ।
अदालतमा मुद्दाको पेशीका कारण सन्दीप तथा भिषा समस्याका कारण सागर गत आईतबार नेपाली राष्ट्रिय टोलीसँगै चीन गएका थिएनन् ।
ललित राजवंशी घाइते भएर एसियन गेम गुमाउने भएपछि सागर टिममा समावेश भएका थिए ।
अदालतमा विचाराधिन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप र भिषा समस्या समाधान भए पछि सागर आज चीन गएका हुन् ।
एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आउँदो आइतबार माल्दिभ्ससँग समूह चरणमा खेल्ने छ ।















