ब्रुनोको गोलमा युनाईटेडको जित
आइतबार, ०७ आश्विन २०८०खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले बर्नलीलाई हराएको छ । शनिबार राति युनाईटेडले बर्नलीलाई १–० ले हराएको हो ।
युनाईटेडको जितमा ब्रुनो फर्नान्डेजले विजयी गोल गरे । खेलको ४५ औं मिनेटमा जोनी इभान्सको पासको सदुपयोग गर्दै कप्तान ब्रुनोले गोल गरेका हुन् ।
युनाईटेडले ९ अंक सहित तालिकाको आठौं स्थानमा आफुलाई उभ्याएको छ । बर्नली १ अंक सहित तालिकाको पुछारमा छ ।
अर्को खेलमा एभर्टनले ब्रेन्टफोर्डलाई ३–१ ले हराउँदा लुटन र उल्भ्सले १–१ को बराबरी खेले । क्रिस्टल प्यालेसले फुलहमसँग गोल रहित बराबरीमा खेल टुङ्गयाएको छ ।
# युनाईटेडको जित







-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)
