काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने नेपाली टोलीसॅंग चीन नजाने भएका छन् ।
बलत्कार मुद्दाको सामना गरिरहेका सन्दीपको मुद्दाको पेशी आइतबार रहेकाले सन्दीप टिमसॅंग नै चीन नजाने भएका हुन् ।
सन्दीप सोमबार चीन जाने स्रोतले बतायो ।
एसियाली खेलकुदमा सबभागी हुन नेपाली टोली चीन जान लागेको हो । नेपाली टोलीको आइतबार मध्यान्ह चीन जाने कार्यतालिका रहेको छ ।
नेपालले आउने बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससॅंग खेल्नेछ ।
समूहको शीर्ष स्थानमा रहेमा नेपाल क्वाटरफाईनल प्रवेश गर्नेछ ।