चतुरको नेतृत्वमा क्यानको नयाँ टिम

काठमाडौं । चतुरबहादुर चन्दको नेतृत्वमा नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न साधारण सभाले चन्दको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
क्यानको उपाध्यक्ष रोशनबहादुर सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए ।
सबैको ध्यान खिचेको सचिव पदमा पूर्व कप्तान पारस खड्का निर्वाचित भए । उनले ४८ मत प्राप्त गरे । सचिवका अर्का प्रत्यासी प्रशान्त मल्लले ३७ मत प्राप्त गरे ।
खुल्ला ५ सदस्यमा धिरेन्द्र सावद ५९, दुर्गा पाठक ५४, आयुस श्रेष्ठ ५१, विरेन्द्र चन्द ३४, करन महत्रा क्षेत्री २६ मतका साथ निर्वाचित भए । खुल्ला सदस्यमा महत्रा र ऋषि गौतमले समान २६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट महत्रा निर्वाचित भएका हुन् ।
महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचनमार्फत कोशी प्रदेशबाट अर्जुन पौडेल ४७ मत, बागमती प्रदेशबाट दिवाकर घले ४६ मत, गण्डकी प्रदेशबाट सुदीप शर्मा ५२ मत, सुदुरपश्चिम प्रदेशबाट बिक्रम विष्ट ४९ मत, मधेश प्रदेशबाट माधव कर्माचार्य ४२ मत सहित निर्वाचित भए ।
मधेशबाट कर्माचार्य र मोहम्मद अन्सारीको समान ४२ मत आएपछि गोलाप्रथाबाट कर्माचार्य निर्वाचित भएका हुन् ।













-1775932166938.webp&w=3840&q=75)
