काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा चन्दमा मात्र अध्यक्ष पदमा उम्मेदवारी परेपछि चन्द अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।
यस्तै, क्यानको उपाध्यक्ष पदमा रोशनबहादुर सिंह निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।
क्यानको शीर्ष तीन पदाधिकारीमा सहमती जुटेको हो ।
अब क्यानको सचिव र सदस्य पदमा निर्वाचन हुनेछ । सचिवमा पारस खड्का र प्रशान्त बिक्रम मल्लबीच निर्वाचन हुनेछ ।
क्यान नयाँ कार्यसमिति १७ सदस्यीय बन्नेछ ।