काठमाडौं । पारस खड्काविरुद्ध प्रशान्त विक्रम मल्लले नेपाल क्रिकेट संघ(क्यान) को केन्द्रिय चुनावमा सचिव पदमा उम्मेद्धवारी दिएका छन् ।
मल्लले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काविरुद्ध सचिव पदमा लड्ने भएका हुन् ।
मल्लले अध्यक्षमा भने चतुरबहादुर चन्दलाई पूर्ण समर्थन गर्ने बताएका छन् ।
२०७२ साल पछि क्यानका केन्द्रीय सदस्य रहेका थिए ।
तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजिनामा दिए पछि मल्लले कार्यवाहक सचिवको जिम्मेवारी पाएका थिए ।
मल्लले नेपाल टी-ट्वान्टी लिग बिबादको कारण कार्यवाहक सचिव पदबाट राजीनामा दिएका थिए ।
मल्लले रुपन्देही जिल्ला क्रिकेट संघमा चार कार्यकाल अध्यक्षको रुपमा बिताएका थिए ।