काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ ।
शुक्रबार साधरण सभा तथा बन्द सत्र सकिएको थियो ।
निर्वाचन समितीका अनुसार १२ बजे पछि मतदान प्रक्रिया सुरु हुनेछ ।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ ।
चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिव पदमा लड्नेछन् ।
पारसकोविरुद्धमा सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लको चर्चा रहेको छ ।
क्यानको चुनावमा कुल ८५ रहेपनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसंख्या ८४ रहेको छ ।
कुनै पनि पदमा चुनाव जित्न न्युनतम ४३ मत आवश्यक पर्दछ ।
