काठमाडौं । कतारमा जारी रहेको गल्फ टी-ट्वान्टी प्रतियोगितामा बहराइनले युएईमाथि जित निकालेको छ ।
प्रतियोगिताको फाइनलमा स्थान बनाईसकेको युएईमाथि बहराईनले ३ रनको जित निकालेको हो ।
बहराइनले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको युएई ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।
युएईका लागि ओपनर तथा कप्तान मुहम्मद वासिमले २४ बलमा ३१ रन बनाए । वृत्य अरबिन्दले २२ बलमा २८ रन बनाए ।
बहराइनका अलि दावद र इमरान अनवरले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
बहराइनका लागि हैदर बटले ३६ बलमा ३४ तथा जुनैद अजिजले २७ बलमा ३१ रन बनाए ।
युएईका लागि मुहम्मद जगदुल्लाह, निलाशान किसवानी, अलि नासिर र जाहुर खानले समान १/१ विकेट लिए ।
बहराइनले ओमानलाई पनि पराजित गरेको थियो ।