काठमाडौं । आईसीसी यू-१९ विश्वकपको पहिलो खेलमा २०२४ को जनवरी १३ का दिन नेपालले न्युजिल्यान्डको सामना गर्ने भएको छ ।
दोस्रो खेलमा नेपालले १७ जनवरीमा पाकिस्तानसँग खेल्नेछ । नेपालले २० जनवरीमा समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।
श्रीलंकामा आयोजना हुने विश्वकप २०२४ को जनवरी १३ देखि ४ फेब्रअरी सम्म हुनेछ ।
गएको मार्च २ मा भएको एसिया छनोट फाइनलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।
नेपाल २०१६ पछि पहिलो पटक विश्वकप छनोट भएको हो ।
यस विश्वकपमा १६ देशको सहभागीता छ । सहभागी १६ देशलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह डी मा रहेको नेपालको अलावा यस समूहमा न्युजिल्यान्ड, अफगानीस्तान र पाकिस्तान रहेका छन् ।
विश्वकपको साबिक विजेता भारत समूह ए मा रहेको छ ।
सहभागी टोलीहरू स्वत छनोट मार्फत : श्रीलंका (आयोजक), अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बाब्वे
क्षेत्रीय छनोटबाट : नामिबिया , नेपाल, न्युजिल्यान्ड , स्कटल्याण्ड, अमेरिका
