काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारण सभा आज (शुक्रबार) सुरु हुदैछ ।
नयाँ नेतृत्व चयनका लागि शुक्रबार क्यानको चुनावी साधारण सभा सुरु हुन लागेको हो । साधारण सभाको दिउँसो साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
शनिबारसम्म चल्ने साधारण सभाले क्यानको नयाँ नेतृत्व चयन गर्दैछ ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्द, पूर्व कप्तान पारस खड्का, कोषाध्यक्ष रोशन सिंह लगायतले दाबी गरेका छन् ।
नयाँ नेतृत्वमा सहमती बनाउन सबै जना आन्तरिक गृहकार्य र लबिङमा छन् । सहमतीमा नेतृत्वको चयन गर्ने गरि तिन वटै पक्षले जोड गरिरहेका छन् ।
नयाँ निर्वाचनमा सबैको नजर पूर्व कप्तान पारस खड्काको कदममा छ । खड्काले अध्यक्षमा उम्मेदवारी दिन्छन् वा चुतरसँग मिलेर प्यानल सहित सचिव पदमा आफुलाई सुरक्षित गर्छन् भन्ने चासोको विषय छ ।
वर्तमान अध्यक्ष चतुर दोस्रो तथा अन्तिम कार्यकालमा पारससँग मिलेर काम गर्छन् वा पुरानै समूहसँग मिलेर पारसलाई बाहिर राख्छन् भन्ने चासो पनि अर्कोतिर छ ।
साधारण सभामा भाग लिन जिल्ला, प्रदेशबाट प्रतिनिधि काठमाडौं आईपुगेका छन् । शनिबार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्दै क्यानको साधारण सभा सम्पन्न हुनेछ ।