काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रमुख बलर स्पिनर ललितनारायण राजवंशी घाईते भएका छन् ।
चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भै रहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा राजवंशी घाईते भएका थिए ।
उनको बिहीबार शल्यक्रिया गरिदै छ । राजवंशीको अभावले नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य गुमाउने छ ।
शल्यक्रिया पश्चात उनी कम्तिमा पनि ८/९ हप्ता मैदान बाहिर हुनेछन् ।
उनले एसियन गेम्स गुमाउने छन् ।

१९ औं एसियाली खेलकुद पुरुषतर्फ २७ सेप्टेम्बर देखी ८ अक्टोबर सम्म चीनमा हुँदैछ ।
एसियाका पाँच टेस्ट टोली श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सिधैं क्वाटरफाइनल खेल्नेछन् ।
समूह ए, बी र सी बाट विजेता टोली क्वाटरफाइनलमा आउनेछन् ।
समूह ए मा रहेको नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।
ललितले २३ ओडिआईमा २८ र १२ टी-ट्वान्टी आईमा १० विकेट लिएका छन् ।