जिरायतको कप्तानीमा यू–१९ टिमको घोषणा
बुधबार, असोज ३, २०८०खेलपाटी संवाददाता

काठमाडौं । जियारत शेखको कप्तानीमा यू–१९ राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा सुरु हुने साफ यू–१९ खेल्ने नेपाली टिम बुधबार घोषणा गरिएको हो ।
मुख्य प्रशिक्षक शुनिल श्रेष्ठले घोषणा गरेको टिमको गोलकिपरमा कप्तान जिरायत सहित रुबिन बोगटी, अमृत टमाटा छन् ।
डिफेन्समा सिमान्त थापा, बिशाल नेपाली, बिक्रम तामाङ, आयुश तिम्सिना, आश्विन घोडासैनी, दिपक थापा, निन्साङ लिम्बु र गौरव महर्जन छन् ।
मिडफिल्डरमा कुशल देउवा, लक्ष्यु थापा, प्रशान्त लक्सम, अविनाश स्याङताङ, अनिल बोमजन, धनसिंह बिक, हरिशराज भट्ट, निल्सन तामाङ छन् ।
फरवार्डमा समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी छन् ।
नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगिताका सबै खेल काठमाडौंको दशरथ रंगशालामा हुनेछ ।
#जिरायतको कप्तानी











-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)