काठमाडौं । इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको सिरिज जितेको छ ।
शुक्रबार भएको चौथो ओडिआई खेल १ सय रनले जित्दै घरेलु टोलीले सिरिज ३-१ ले जितेको हो ।
इंग्ल्यान्डले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३८ दशमलब २ ओभरमा २ सय ११ रनमा अलआउट भयो ।
न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ४८ बलमा ३ चौका र ४ छक्कासहित ६१ रनको अर्धशतकीय ईनिङ खेले ।
हेनरी निकोलस ४८ बलमा २ चौका र १ छक्कासहित ४१, विल योंग ३२ बलमा २ चौकाको सहयोगमा २४ रन बनाए ।
इंग्ल्यान्डका मोईन अलीले ४ तथा डेविड विल्ली, बायडन केस, साम करन र लियाम लिभिङस्टोनले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो ।
इंग्ल्यान्डका ओपनर डेविड मलानले १ सय १४ बलमा १४ चौका र ३ छक्कासहित १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए । उनले ९६ बलमा आफ्नो ओडिआई करिअरको पाँचौं शतक पूरा गरेका थिए ।
कप्तान जस बटलरले ३६ तथा जो रुट २९ रनमा आउट भएका थिए ।
न्युजिल्यान्डका स्पिनर रचिन रविन्द्रले ४ तथा म्याट हेनरी र ड्यारियल मिचेलले समान २/२ विकेट लिए ।