काठमाडौं । एसीसी एसिया कपको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई २ सय ६६ रनको लक्ष्य दिएको छ ।
श्रीलंकको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनायो ।
बंगलादेशका लागि कप्तान शाकिब अल हसनले ८५ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय ईनिङ खेले ।
टोहिद हृदयले ८१ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए ।
नसुम अहमदले ४५ बलमा ४४ तथा मेहदी शसनले २३ बलमा २९ रन बनाए ।
भारतका लागि शार्दुल ठाकुरले ३ तथा मोहम्मद सामीले २ विकेट लिए ।
भारतले एक खेल अगावै फाइनलमा स्थान बनाईसकेको छ । यस खेलमा पनि जितका साथ अपराजित रुपमा फाइनलमा पुग्न चाहन्छ ।
सुपर फोरको एक खेल पनि नजितेको बंगलादेश यस खेलमा सान्त्वना जित हात पार्न चाहन्छ ।
बिहीबार पाकिस्तानलाई पराजित गरि श्रीलंकाले फाइनलमा स्थान बनाएको छ । भारत र श्रीलंकाबीच उपाधी भिडन्त आईतबार खेल्नेछन् ।