काठमाडौं । १६ औं संस्करणको एसिया कप २०२३ को उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् ।
भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।
बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै श्रीलंकाले फाइनलमा स्थान पक्का गरेको हो ।
उपाधिका लागि यी दुई टोलीले आइतबार प्रतिस्पर्धा गर्नेछन् ।
समान २ खेलमा ४ अंकमा रहे पनि भारत राम्रो रनरेटका कारण शीर्ष स्थानमा छ ।
सुपर फोरको अन्तिम खेलमा भारतले शुक्रबार बंगलादेशसँग खेल्दैछ ।
साविक विजेता श्रीलंका १३ औं तथा भारत ११ औं पटक फाइनल पुगेका हुन् । भारतले ७ र श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेका छन् ।