काठमाडौं । एसिसि एसिया कप क्रिकेटमा फाइनलमा स्थान बनाउँन हुन लागेको पाकिस्तान र श्रीलंकाबीचको खेलमा वर्षाका कारण टस समेत हुनसकेको छैन ।
श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बाट सुरु हनु पर्ने खेल अहिलेसम्म सुरु हुन सकेको छैन ।
बेलुका ९ बजेर १७ मिनेट सम्म खेल हुन नसकेमा खेल रद्द हुनेछ ।
एसिया कपको सुपर फोरमा दुई खेल खेलेका दुवै टोलीले समान १/१ खेलमा जित दर्ता गरेका छन् ।
सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए । भने, दुवै टोली भारतसँग पराजित भएका थिए ।
यस खेल जितेर दुवै टोली फाइनलमा स्थान बनाउँने लक्ष्यमा रहेका छन् । भारतले भने एक खेल अगावै फाइनलमा स्थान बनाईसकेको छ ।
यस खेलमा विजेता बन्ने टोलीले फाइनलमा स्थान बनाउँने छ । तर, वर्षाका कारण खेल रद्द भएमा श्रीलंका रनरेटमा अघि रहेकाले फाइनलमा स्थान बनाउँने छ ।
फाइनल खेल आगामी आईतबार हुनेछ ।