काठमाडौं । अपि स्कुलको आयोजनामा अपि क्रिकेट कार्निभल हुने भएको छ ।
भाद्र ३० देखि असोज २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १२ विद्यालयको सहभागीता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन गरिनेछ ।
सहभागी टिमलाई चार समूहमा विभाजन गरिनेछ । शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । सहभागी टिममा १० खेलाडी हुनुपर्नेछ भने खेल १० ओभरमा खेलाईनेछ ।
प्रतियोगितामा अपि स्कुल, युरो स्कुल, रेडेन्ट स्कुल, उज्वल शिशु निकेतन, एलआरआई, मोक्साद, एन्जल हर्ट, निकेतन मेमोरियल, तिलिङटार, आर्दश विद्या सदन, श्री कामना बोडिङ र अपि एको सहभागीता रहनेछ ।
प्रतियोगिताको पहिलो खेलको रुपमा अपि स्कुल र एलआरआईबीच बिहान ९ बजे सुरु हुनेछ ।
अपि स्कुलका क्रिकेट प्रशिक्षक रबिन जोशीले विद्यालयबीच रमाइलो प्रतिस्पर्धाका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।