काठमाडौं । पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा श्रीलंकासँगको खेलका लागि आफ्नो प्लेईङ-११ घोषणा गरेको छ ।
बिहीबार हुने खेलको लागि पाकिस्तानले आफ्नो प्लेइङ-११ घोषणा गरेको छ ।
फाइनलमा पुग्न निर्णायक मानिएको श्रीलंकाविरुद्धको खेलका लागि पाकिस्तानले प्लेइङ-११ मा पाँच परिवर्तन गरेको छ ।
पाकिस्तानले ओपनर फखार जमान, हरिस रउफ, नसिम शाह, फहिम अशरर्फ र अघा सलमानलाई बेन्चमा राखेको छ ।
मोहम्मद हरिस, साउद सकिल, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध प्लेइङ-११ मा मौका दिएको छ ।
श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ ।
सुपर फोर खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको थियो । भारतसँग २ सय २८ रनले पराजित भएको थियो ।
पाकिस्तान फाइनलमा स्थान बनाउँन जित बाहेक अन्य कुनै विकल्प बाँकी छैन ।
वर्षाको कारण खेल रद्द भएपनि नेटरनरेटको कारण बाहिरिनु पर्ने छ ।
भारत भने २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । फाइनल आगामी आइतबार हुनेछ ।
श्रीलंकाविरुद्ध खेल्ने पाकिस्तानको प्लेइङ-११ :
मोहम्मद हरिस, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, मोहम्मद वासिम जुनियर र जमान खान