काठमाडौं । अलराउन्डर बेन स्टोक्सको विष्फोटक शतकको सहयोगमा तेस्रो ओडिआई सिरिजमा घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेको छ ।
द ओभलमा बुधबार राती सम्पन्न खेलमा इंग्ल्यान्ड १ सय ८१ रनको फराकिलो जित दर्ता गरेको छ ।
जितसँगै घरेलु टोलीले चार खेलको ओडिआई सिरिजमा २१ को अग्रता समेत लिएको छ ।
इंग्ल्यान्डले दिएको ३ सय ६९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३९ ओभरमा १ सय ८७ रनमा अलआउट भएको थियो ।
न्युजिल्यमन्डका लागि ग्लेन फिलिप्सले ७६ बलमा ५ चौका र २ छक्काको सहयोगमा ७२ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।
रचिन रविन्द्रले २२ बलमा २८ तथा ड्यारियल मिचेलले ३१ बलमा १७ रन बनाए ।
इंग्ल्यान्डका लागि लियम लिविङ्स्टोन र क्रिस वोक्सले समान ३/३ तथा रिच टोप्लेले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४८ दशमलबल १ ओभरमा ३ सय ६८ रनमा अलआउट भयो ।
इंग्ल्यान्डका लागि बेन स्टोक्सले १ सय २४ बलमा १५ चौका र ९ छक्काको सहयोगमा १ सय ८२ रनको शतकीय ईनिङ खेले ।
स्टोक्स र डेविड मलानले तेस्रो विकेटका लागि १ सय ६५ बलमा १ सय ९९ रनको साझेदारी गरेका थिए । मलानले ९५ बलमा १२ चौका र १ छक्काको सहयोगमा ९६ रनको शतकीय ईनिङ खेले ।
कप्तान जोस बटलरले २४ बलमा ३८ रन बनाए ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ९ दशमलब १ ओभरमा ५१ रन खर्चिएर ५ विकेट लिए । बेन लिस्टरले ३ तथा लकि फर्गुसन र ग्लेन फिलिप्सले समान १/१ विकेट आफ्नो नाममा गरे ।
दुई राष्ट्रबीचको चौथो ओडिआई खेल शुक्रबार हुनेछ ।