काठमाडौं । एसिया कप क्रिकेटमा भारत र पाकिस्ताबीचको खेल वर्षाका कारण रोकिएको छ ।
भारतले दिएको ३ सय ५७ रनको लक्ष्य पछ्याउदै पाकिस्तानले ब्याटिङ गरि रहेको थियो । पाकिस्तानले ११ ओभरको समाप्तीमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो ।
त्यसअघि केएल राहुल र विराट कोहलीको शतकमा भारतले जितका लागि पाकिस्तान सामू ३ सय ५७ रनको लक्ष्य दिएको थियो ।
एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो ।
आईतबार भारतले २४ दशमलब १ ओभरमा १ सय ४७ रन बनाउँदा निरन्तरको वर्षाका कारण खेल स्थगित भएको थियो ।
आईतबार स्थगित खेल आज भएको थियो ।
भारतका लागि केएल र विराट कोहलीले अविजित शतकीय ईनिङ खेले । तेस्रो विकेटका लागि राहुल र विराटले १ सय ९४ बलमा अविजित २ सय ३३ रनको साझेदारी गरेका थिए ।
कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका थिए ।
राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्काको सहयोगमा अविजित १ सय ११ रनको ईनिङ खेले ।
कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय २२ रनको ईनिङ खेले ।
शुभमन गिल, रोहित शर्माले अर्धशतक बनाएका थिए । पहिलो विकेटका लागि रोहित र गिलले १ सय बलमा १ सय २१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
गिलले ५२ बलमा १० चौकाको सहयोगमा ५८ रन बनाए । कप्तान शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए ।
पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १/१ विकेट लिए ।