काठमाडौं । नेपालले आगामी महिना भारतसँग खेल्ने सम्भावना रहेको छ ।
एसियन खेलकुदको पुरुष क्रिकेटमा नेपालले यो अवसर पाउने सम्भावना रहेको छ ।
जारी रहेको एसिया कप क्रिकेटमा नेपालले पहिलो पटक भारतसँग खेलेको थियो ।
नेपालले पहिलो खेल खेलेको महिना दिन भित्र नै भारतसँग अर्को भेटको सम्भावना बनाएको छ ।
प्रतियोगितामा नेपाल सहित १५ देशको सहभागीता रहेको छ ।
१५ मध्ये टी-ट्वान्टी वरीयतामा शीर्ष चारमा मुलुक क्वाटरफाईनलका लागि छनोट भईसकेका छन् ।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधा क्वाटरफाईनलमा स्थान बनाईसकेका छन् ।
अन्य ११ राष्ट्रलाई चार समुहमा विभाजन गरिएको छ । नेपाल सहित कम्बोडिया र जापान समूह बी मा रहेका छन् ।
समूह ए मा अफगानिस्तान र मंगोलिया रहेका छन् ।
समूह सी मा थाईल्यान्ड, हङकङ र सिंगापुर रहेका छन् । समूह डि मा बहराईन, मलेसिया र माल्दिभ्स रहेका छन् ।
हरेक समूहका शीर्ष टोली क्वाटरफाइनलका लागि छानिने छन् । क्वाटरफाईनलको लागि पुन खेल तालिका बन्ने हुँदा नेपालले भारतसँग खेल्ने सम्भावना रहेको छ ।
नेपालको खेलतालिका
२७ सेप्टेम्बर २०२३ मा जापानविरुद्ध
१ अक्टोबर २०२३ मा कम्बोडियाविरुद्ध
क्वाटरफाइनल ३ र ४ अक्टोबरमा
सेमिफाइनल ६ अक्टोबरमा
फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा
सबै खेल पिङफेङ क्याम्पस क्रिकेट मैदान, हाङझोउमा हुनेछ ।
नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरि सकेको छ ।
आईसीसी एकदिवसीय विश्वकप र एसियाली खेलकुद एकैसमयमा रहेकोले भारत र पाकिस्तानले दोस्रो रोजाईको टोली पठाउने छन् ।
भारतले ऋतुराज गायकवाड र पाकिस्तानले कासिम अक्रमले कप्तानीमा टोली घोषणा गरिसकेको छ ।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी
पाकिस्तानको टोली :
कासिम अक्रम (कप्तान), ओमैर बिन युसुफ, अमैर जमल, अराफत मिनहास, अर्शद इकवाल, आसिफ अली, हैदर अली, खुशदील शाह, मिजा ताहिर बैग, मोहम्मद हसनैन, मोहम्मद अखलाक, राहिल नाजिर, शाहनवाज दाहानी, सुफ्यान मकीम र उस्मान कादिर
भारतको टोली :
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा, वासिन्टन सुन्दर, शाहवाज अहमद, रवि विश्रोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम माभी, शिवम दुबे र प्रभशिम्रन सिंह