ग्लोबल छनोटमा स्थान बनाउन नेपाल थाईल्यान्डसॅंग भिड्दै
शुक्रबार, भदौ २२, २०८०खेलपाटी संवाददाता

काठमाडौं । महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाउन नेपालले आज शुक्रबार थाईल्यान्डसॅंग खेल्दैछ ।
महिला विश्वकपको एसिया छनोटको सेमिफाइनमा नेपाल थाईल्यान्डसॅंग बिहान सवा ७ मा खेल्दैछ ।
यस खेलमा विजेता हुने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाल पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।
















