काठमाडौं । एसिया कपको सुपर फोरको खेलमा बंगलादेशमाथि पाकिस्तानले शानदार जित हासिल गरेको छ ।
लाहोरको गद्दाफि रंगशालामा बुधबार राति पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो ।
सुपर फोरको अर्को खेलमा पाकिस्तानले अब भारतसॅंग प्रतिस्पर्धा गर्नेछ ।
बंगलादेशले प्रस्तुत गरेको १ सय ९४ रनको लक्ष्य पाकिस्तानले मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
इमाम उल हकले ७८ र मोहमद रिजवानले अविजित ६३ रनको इनिङ्स खेल्दै पाकिस्तानलाई सहज जित दिलाए । ओपनर फकर जमान २० रनमा आउट हुदाँ बाबर आजमले १७ रन बनाएका थिए ।
सुरुवाती ब्याटिङ गरेको बंगलादेशले अलआउट हुँदै १ सय ९३ रन बनाएको थियो ।
बंगलादेशका लागि मुश्फिकुर रहीमले सर्वाधिक ६४ र सकिब अल हसनले ५३ रन बनाए । मोहमद नाबीले २०, लिटोन दास र सामिम हुसनले समान १६ रन बनाएर आउट भए ।
पाकिस्तानका हरिस रौफले सर्वाधिक ४ र नासिम साहले ३ विकेट लिए । साहीन अफ्रिदी, फाहिम असर्फ र इफ्तिखार अहमदले समान १/१ विकेट हात पारेका थिए ।