भलिबल खेलाडीले मासिक तलब पाउने
मंगलबार, १९ भाद्र २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाल भलिबल संघले नेपाली पुरुष तथा महिला भलिबल खेलाडीलाई मासिक तलब दिने घोषणा गरेको छ ।
वर्तमान राष्ट्रिय टोलीमा भएका समान १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले तलब पाएका छन् ।
संघले आज एक कार्यक्रम गर्दै तलब दिने घोषणा गरेको हो ।
खेलाडीलाई आर्थिक रुपमा सहयोग पुर्याउने उद्देश्यले तलब दिन सुरु गरेको संघले बताएको छ ।
यसअघि भलिबल खेलाडीलाई मासिक तलबदिने व्यवस्था थिएन ।










-1765762168961.webp&w=3840&q=75)
-1765760805345.webp&w=3840&q=75)


