काठमाडौं । एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार काठमाडौं आइपुग्ने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) का अनुसार टोली बुधबार मध्यान्ह १२ बजेर ३५ मिनेटमा नेपाल आईपुग्नेछ ।
एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तानको कराँची गएको थियो ।
कराँचीमा अन्तिम तयारी गरेपछि टोली पाकिस्तानसँग खेल्न मुल्तान गएको थियो ।
नेपालले मुल्तानमा १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो ।
उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।
एसिया कपको दोस्रो खेलका लागि टोली श्रीलंका पुगेको थियो ।
श्रीलंकाको क्यान्डीमा सोमबार नेपालले भारतसँग खेलेको थियो ।
भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको थियो ।