काठमाडौं । एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अन्तर्गत आज मंगलबार श्रीलंका र अफगानिस्तान भिड्दै छन्।
दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा हुने छ ।
सुपर फोरको सम्भावना कायम राख्न अफगानिस्तानलाई फराकिलो जितको दबाब रहेको छ ।
अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
श्रीलंका भने पहिलो खेलमा जित निकाल्दै सुपर फोरमा सम्भावना बलियो बनाएको छ ।
श्रीलंका कम अन्तरले पराजित भएमा पनि सुपर फोरमा प्रवेश गर्ने छ ।
समूह ए बाट पाकिस्तान र भारतले सुपर फोरमा स्थान पक्का गरेका छन् ।