बक्सिङको छनोट सुरु
सोमबार, पुष ९, २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । गणेशमान सिंह फाउन्डेनसको आयोजनामा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको प्रदेश ३ खेलाडी छनोट सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ स्पर्धामा भिडन्त भइरहेको मुल आयोजक समितिका संयोजक राजिव श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा ३८ खेलाडी सहभागी छन् ।
प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री एवं फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । छनोट मंगलबार सम्पन्न हुनेछ ।






-1754312729.jpeg&w=3840&q=75)






-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)