शनिबार, ०३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

एसियाड खेल्ने खेलाडीलाई काठमाडौं तेक्वान्दोको प्रोत्साहन

शनिबार, २० श्रावण २०८०खेलपाटी संवाददाता
एसियाड खेल्ने खेलाडीलाई काठमाडौं तेक्वान्दोको प्रोत्साहन
mustang rice ad

काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा सहभागी हुने काठमाडौं जिल्लाका खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघले प्रोत्साहन स्वरुप ट्रयाकसुट र टिसर्ट प्रदान गरेको छ ।

काठमाडौं जिल्लाबाट आयशा लामा र अन्जली तामाङ एसियाडमा सहभागी हुँदैछन् । सोही अवसरमा तेक्वान्दो टोलीका प्रशिक्षकत्रय टीकाबहादुर लिम्बू, कविराज खड्गी र कुमार लामा घिसिङलाई पनि ट्रयाकसुट र टिसर्ट प्रदान गरिएको थियो ।

काठमाडौं जिल्ला तेक्वान्दो संघले आफ्नै नवनिर्वाचित पदाधिकारीको परिचयात्मक कार्यक्रम तथा तेक्वान्दो डोजाङ÷स्कुलका प्रमुखलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा एसियाडमा सहभागी हुने उनीहरुलाई ट्रयाकसुट र टिसर्ट प्रदान गरिएको हो ।

तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले उनीहरुलाई ट्रयाकसुट हस्तान्तरण गरे ।

कार्यक्रममा मेयर महर्जनले तार्केश्वर नगरपालिकाले चालू आर्थिक वर्षमा खेलकुदका लागि १ करोड बजेट विनियोजन गरेको बताउँदै हरेक स्थानिय तहले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम मध्येको एक खेलकुदलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

अध्यक्ष खड्गीले काठमाडौं जिल्ला तेक्वान्दो संघको नयाँ कार्यसमितिको एक मात्र उद्देश्य निस्वार्थ ढंगले तेक्वान्दोको विकास र विस्तारमा लाग्नु रहेको बताए ।

कार्यक्रमका दौरान खेल खेल्ने क्रममा घाइते भएका युन्सुब तेक्वान्दो डोजोङका खेलाडी आयुशसिंह ठकुरीको उपचार गर्न आर्थिक सहयोगका लागि आह्वान गरिएको थियो ।

सो क्रममा मेयर महर्जन र नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले समान १०–१० हजार तथा धर्मस्थली तेक्वान्दो डोजाङका प्रमुख सानुबाबु महर्जनले ५ हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
 

LiNing Ad
#काठमाडौं तेक्वान्दो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

मच्छिन्द्रको जितमा एलिकको गोल

मच्छिन्द्रको जितमा एलिकको गोल

 आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

मधेशको सुखद् अन्त्य

मधेशको सुखद् अन्त्य