दीपेन्द्र आबद्ध टाईगर्स अन्तिम खेल खेल्दै
1690423442.jpg&w=3840&q=75)
काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्सको सातौं तथा समूह चरणको अन्तिम खेल बुधबार बिहान रहेको छ ।
सातौं खेलमा टाईगर्सले भैंकूवर नाइट्ससँग बुधबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ ।
छ खेलमा टाईगर्सले चारमा जित दर्ता गरेको छ ।
पहिलो खेलमा सरे जगुआर्स र दोस्रो खेलमा मिसिसागा प्यानथर्सलाई पराजित गरेको थियो । तेस्रो खेलमा भैंकूवर नाइट्सलाई पराजित गरेको थियो ।
चौथो खेलमा भने ब्रैम्प्टन वुल्भ्ससँग हार व्यहोरेको थियो । शनिबार बेलुकाको टोरन्टो नेशनलसँगकै खेल भने वर्षाका कारण टस समेत नभई रोकिएको थियो । छैटौं खेलमा टोरन्टो नेशनललाई पराजित गरेको थियो ।
नाइट्स भने छैटौं खेलमा तेस्रो जितको खोजीमा रहेको छ ।
दीपेन्द्र आबद्ध टाईगर्समा कार्लोस ब्रेथवेट, क्रिस लिन, सकिब अल हसन लगायतका खेलाडी रहेका छन् ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।










-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)




