टी-ट्वान्टी विश्वकप एशिया छनोट लागि २४ खेलाडी छनोट
मंगलबार, १६ श्रावण २०८०खेलपाटी संवाददाता

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-ट्वान्टी विश्वकपको एशिया छनोटको क्याम्पका लागि २४ खेलाडी छनोट गरेको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार महिला टिमकी कप्तान रुबिना क्षेत्रीसहित २४ खेलाडी छानेर क्याम्पका लागि बोलाएको हो ।
विश्वकपको एशिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ ।
एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।
दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन् ।











-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)




