काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका स्पिनर सन्दीप लामिछाने र वेस्ट इन्डिजका लिजेन्ड क्रिकेटर क्रिस गेल आमने सामने हुदैछन् ।
सन्दीप आबद्ध सर्रे जगुआर्सले आफ्नो चौथो खेलमा गेल आबद्ध मिसिसागा प्यानथर्ससँग शनिबार बिहान खेल्दैछ ।
जगुआर्सले मिसिसागा प्यानथर्ससँग नेपाली समय अनुसार बिहान सवा २ मा ब्रैम्प्टनमा खेल्नेछ ।
चौथो खेल खेल्दै गरेको जगुआर्स दोस्रो जित निकाल्न चाहन्छ ।
पहिलो खेलमा सर्रे मोन्ट्रियल टाईगर्ससँग पराजित भएको थियो । सोमबार बिहान भएको दोस्रो खेल बर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा टोरन्टो नेशनललाई पराजित गरेको थियो ।
जितबिहिन प्यानथर्स पाँचौ खेलमा पहिलो जित हात पार्न चाहन्छ ।
सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन्।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।