काठमाडौं । पपुवा न्युगिनी(पीएनजी) आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा छनोट भएको छ ।
इस्ट एसिया प्यासिफिक छनोटमा एक खेल अगावै उपाधि जित्दै पीएनजीले विश्वकपमा स्थान बनाएको हो ।
शुक्रबार फिलिपिन्सलाई १ सय रनको फराकिलो अन्तरले हराउँदै पीएनजीले विश्वकपमा स्थान पक्का गरेको हो ।
पीएनजीले दोस्रो पटक टीट्वान्टी विश्वकपमा स्थान बनाएको हो । यसअघि पीएनजीले २०२१ मा पनि टी-ट्वान्टी विश्वकप खेलेको थियो ।
पीएनजीको छनोटसँगै विश्वकपमा सहभागी रहने १५ देशको टुगों लागि सकेको छ । ५ टोलीको भने छनोट हुन बाँकी रहेको छ ।
टी-ट्वान्टी विश्वकप २०२४ खेल्ने पक्का भएका १५ देश
अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरलयान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, स्कटल्यान्ड, आयरल्यान्ड र पपुवा न्युगिनी
अमेरिका क्वालिफायर्सबाट एक, एसिया क्वालिफायर र अफ्रिका क्वालिफायरबाट समान दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।