काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल क्लब लिगको पुरुष तर्फ टिप टप हेल्प नेपालका प्रमुख स्पाइकर पाकिस्तानी खेलाडी ऐमल खान तथा महिला तर्फ नेपाल पुलिस क्लबकी स्पाइकर पुनम चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
टिप टप हेल्प नेपाललाई अपराजित रहँदै च्याम्पियन बनाउन ऐमलले सानदार प्रदर्शनका कारण खान सर्वोत्कृष्ट खेलाडी भएका हुन् । नेपाल पुलिसलाई पनि महिला तर्फ अपराजित रुपमा च्याम्पियन बनाउन चन्दको प्रदर्शन राम्रो रहेको थियो ।
पुरुष तर्फको फाइनलमा टिप टप हेल्प नेपालले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । महिला तर्फ पुलिसले अर्को विभागीय टोलीलाई ३-१ को सेटमा पराजित गरेको थियो । पुनम र ऐमलले सर्वोत्कृष्ट खेलाडी भए वापत रु ३५ हजार प्राप्त गर्नेछन् ।
पुरुष तर्फको विजेता टिप टप हेल्प नेपालले ६ लाख, उपविजेता नेपाल पुलिस क्लबले तीन लाख, तेस्रो भएको आर्मीले १ लाख ५० हजार र चौथो भएको नेपाल पुलिस क्लबले ७५ हजार प्राप्त गरेका छन् ।
महिला तर्फ विजेता टोलीले ६ लाख, दोस्रो हुने एपिएफले ३ लाख, तेस्रो हुने न्यू डायमण्डले १ लाख ५० हजार र चौथो हुने आर्मीले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
उदीयमान खेलाडीले १० हजार र अन्य सबै विधाका उत्कृष्ट खेलाडीले नगद १५ हजार प्राप्त गर्नेछन् । पुरुष तर्फ अपराजित रहँदै च्याम्पियन भएको हेल्प नेपालले सर्वोत्कृष्ट खेलाडी सहित कुल पाँच ब्यक्तिगत अवार्ड जितेको छ ।
पुरुष तर्फका उत्कृष्टहरु
उत्कृष्ट लिबरो – दीपक थापा ( हेल्प नेपाल )
उत्कृष्ट सेटर – आदनान खान ( हेल्प नेपाल )
उत्कृष्ट सर्भर – हेमन्त मल्ल (नेपाल एपिएफ क्लब)
उत्कृष्ट स्पाइकर – माजहर अली ( हेल्प नेपाल )
उत्कृष्ट ब्लकर – दुर्गा खड्का (त्रिभुवन आर्मी क्लब)
उत्कृष्ट प्रशिक्षक – उत्वस खड्का ( हेल्प नेपाल )
उदीयमान खेलाडी – रविन चन्द (नेपाल पुलिस क्लब)
महिला तर्फको उत्कृष्ट
उत्कृष्ट लिबरो – शान्तिकला तामाङ (नेपाल पुलिस क्लब)
उत्कृष्ट सेटर – कमला पुन (नेपाल पुलिस क्लब)
उत्कृष्ट सर्भर – सरस्वती चौधरी (नेपाल एपिएफ क्लब)
उत्कृष्ट स्पाइकर – उषा भण्डारी (नेपाल पुलिस क्लब)
उत्कृष्ट ब्लकर – संगम महतो (त्रिभुवन आर्मी क्लब)
उत्कृष्ट प्रशिक्षक – रुपेश विष्ट (नेपाल पुलिस क्लब)
उदीयमान खेलाडी – सुमित्रा रेग्मी (न्यू डायमण्ड)