बुधबार, १४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. किक बक्सिङ
Bhat Bhateni Supermarket Ad

किक बक्सिङमा आर्मी च्याम्पियन

शनिबार, ०७ पौष २०७५खेलपाटी संवाददाता
किक बक्सिङमा आर्मी च्याम्पियन
mustang rice ad

काठमाडौं । त्रिभुवन आर्मी क्लब दोस्रो गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित शनिबार सम्पन्न प्रतियोगितामा आर्मीले ५ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।

प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ३ कांस्यसाथ एपीएफ दोश्रो भयो । तेश्रो स्थानको सो क्योकुसिनले १ स्वर्ण, २ रजत र १ कांस्य हात पार्यो। १० स्पर्धा समावेश प्रतियोगितामा बाँकी १ स्वर्ण शंखमूलले जित्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सय नगद पुरस्कार हात पारे ।

ललितपुरको चापागाउँमा भएको प्रतियोगिताको पुरुषमा एपीएफका सञ्जय राई तथा महिलामा आर्मीकी लुमन्ती श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । एपीएफका सन्जिव महर्जन उदीयमान खेलाडी चुनिए । तीनै खेलाडीले जनही १५ हजार नगद पुरस्कार जिते । टीकाथलीले अनुशासित टिमको उपाधि हात पारे  ।

किक बक्सिङमा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिताअन्तर्गत पुरुष ५० केजीमा एपीएफका सञ्जय राई पहिलो भए । उनले फाइनलमा एनबीसीका यानुब थुलुङ राईलाई पराजित गरे । ५५ केजीमा पहिलो भएका एपीएफका सुमन नेपालीले फाइनलमा आर्मीका महेश भुजेललाई हराए । ६० केजीको फाइनलमा शंखमूलका योमेश तामाङले आर्मीका राजेश चौधरीलाई पाखा लगाउदै शीर्ष स्थान हात पारे ।

पुरुष ६५ केजीमा आर्मीका पदम राई तथा ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले स्वर्ण जिते । फाइनलमा पदमले एपीएफका सन्जिव महर्जन तथा प्रदीपले एपीएफका वीरेन्द्र सिंहलाई निराश पारे । खुलामा आर्मीका चित्रसिंह ठकुरीले बाजी मारे । उनले फाइनलमा आफ्नै क्लबका किरणसिंह साउदलाई पाखा लगाए ।

महिलाको ५० केजीमा आर्मीकी एलिना चौधरीले एपीएफकी एलिशा चौधरी, ५५ केजीमा एपीएफकी एन्जिला श्रेष्ठले आयोजककी समिता राई, ६० केजीमा आर्मीकी लुमन्ती श्रेष्ठले सो क्योकुसिनकी शिवानी श्रेष्ठ तथा खुलामा आर्मीकी विन्दु पुन मगरले आर्मीकै मन्जु विकलाई फाइनलमा पाखा लगाउदै च्याम्पियन बने । प्रत्येक तौलसमूहका विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । हरेक तौलसमूहमा तेश्रो हुने दुई खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिएको थियो ।

विजेतालाई पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

किक बक्सिङका तीन खेलाडी सम्मानित

किक बक्सिङका तीन खेलाडी सम्मानित

विभिशा पहिलो महिला व्यवसायिक बक्सर

विभिशा पहिलो महिला व्यवसायिक बक्सर

Bajaj Pulsar Motorcycle Ad
थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

विश्वकप २०३० को फाइनल स्पेनमा हुने

विश्वकप २०३० को फाइनल स्पेनमा हुने

मौसमका कारण छैटौं टाइगर कपका खेल प्रभावित

मौसमका कारण छैटौं टाइगर कपका खेल प्रभावित

श्रीलंकासँगको सिरिज इङ्ल्यान्डले जित्यो

श्रीलंकासँगको सिरिज इङ्ल्यान्डले जित्यो

लेवान्डोव्स्कीको स्थानमा अल्भारेजलाई भित्र्याउने सुरमा बार्सिलोना

लेवान्डोव्स्कीको स्थानमा अल्भारेजलाई भित्र्याउने सुरमा बार्सिलोना

राष्ट्रिय कबड्‌डी प्रतियोगितामा आर्मीसँगै लुम्बिनी र मधेशको दोहोरो जित

राष्ट्रिय कबड्‌डी प्रतियोगितामा आर्मीसँगै लुम्बिनी र मधेशको दोहोरो जित