• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
नेपाली फुटबलको उधोगती
खेलपाटी संवाददाता
आइतबार, असार १०, २०८० खेलपाटी संवाददाता
नेपाली फुटबलको उधोगती

काठमाडौं । साविक उपविजेता नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । लगातार दोस्रो खेलमा हार ब्यहोर्दै नेपाल समूह चरणबाटै घर फर्किने टुङ्गो लागेको हो । घरेलु संरचनाको जग र अन्तराष्ट्रिय नतिजाले फुटबल हिडेको बाटोको मुल्याङ्कन हुने हो । यस हिसाबले पछिल्लो एक वर्ष नेपाली फुटबल निरन्तर उधोगतीतिर उद्यत रहेको देखाउँछ ।

साफ च्याम्पियनसिपको नतिजा नेतृत्वको रुपमा भर्खरै एक वर्ष अवधि पार गरेका अध्यक्ष पंकज बिक्रम नेम्वाङको रिपोर्ट कार्ड समेत हो । साफको नतिजाको हिसाबले एन्फा नेतृत्वको रुपमा नेम्वाङ पूर्ण रुपमा फेल भएका छन् । व्यवसायीक खेलकुदमा अन्तराष्ट्रिय नतिजाकै लागि लगानी र तयारी गर्ने हो । तर फुटबल पछिल्लो समय सही बाटो नहिडेको प्रमाण साफ च्याम्पियनसिपको नतिजा हो ।

अघिल्लो संस्करणमा नेपाल साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो । भारतसँग पराजित हुँदै नेपाल उपाधिबाट बिमुख बनेको थियो । नेपालको लक्ष्य कम्तीमा अघिल्लो संस्करणको नतिजाको रक्षा हुनुपर्दथ्यो । तर नेपालले समूह चरण पार गर्न समेत सकेन । प्रतियोगिताका लागि नेपालको तयारी एकदमै फितलो रह्यो । साफका लागि नेपालको कुनै योजना, लगानी र संकल्प भारतको मैदानमा देखिएन ।

कमजोरी घरेलु संरचना र व्यवस्थापकीय कमजोरीका कारण नेपाली फुटबल दलदलमा छ । भिजन विहिन नेतृत्व, स्वार्थकेन्द्रित एन्फाका पदाधिकारीको जथ्थाका कारण नेपाली फुटबल अध्यारो सुरुङतिर अग्रसर छ । नेतृत्वको असक्षमता र स्वार्थ केन्द्रित एन्फा पदाधिकारीका कारण फुटबलले सही बाटो समात्ने लक्षण देखिदैन । कमाउ र लुटौं भन्ने ध्याउन्नमा अधिकांश पदाधिकारी छन् ।

खेल, खेलाडी र फुटबल विकासमा कुनै पदाधिकारीको ध्यान देखिदैन । रोचक विषय खेलाडी, पदाधिकारी सबैको ध्यान विदेशमा छ । खेलाडी सुरक्षित भविष्यको खोजीमा छन्, पदाधिकारी भने फुटबलको नाममा मोज, मस्तीको ध्याउन्नमा विदेशको चक्करमा छन् । खेलको विकास, खेलाडीको भविष्यको एजेण्डा कुनै एन्फाका पदाधिकारीमा देखिदैन । दुई फरक–फरक प्यानलबाट चुनाव जितेर एन्फा पसेका अधिकांश पदाधिकारी ब्यक्तिगत स्वार्थ पुरा गर्न भने एकमत छन् ।

ब्यापक रुपमा बदल्नुपर्ने घरेलु फुटबलको संरचना र सुरक्षित गर्नुपर्ने खेलाडीको भविष्यमा एन्फाको ध्यान देखिदैन । भर्खरै तीन महिने लिग खेलेका अधिकांश खेलाडी अब करिब ५ महिना बेरोजगार बस्नुपर्नेछ । त्यसपछि दुई महिने फ्रेन्चाईज फुटबलको घोषणा भएको छ र त्यसपछि हरेक वर्ष अनिश्चित जस्तै हुने तीन महिना लिगलाई खेलाडीले पर्खनुपर्नेछ । अनि कुन खेलाडीले देशमा भविष्य खोजोस् । कोही किन अष्ट्रेलिया, खाडी वा विदेश नलागोस् । खेलाडीलाई वर्षभरीको कार्यक्रम, व्यवसायीक रुपमा वर्षभरी हुने लिग फुटबल सञ्चालनबारे त बहषनै सुरु भएको छैन ।

यो जिम्मेवारी कसको हो ? एन्फा नेतृत्वको फुटबल बनाउने सपना के हो ? अठोट, दृढता र संकल्प के हो ? खेलाडीले सुन्न पाएका छैनन् । फुटबलले देख्न पाएको छैन ।

यो जिम्मेवारी नेतृत्वमा रहेका पंकज नेम्वाङको मात्र हैन, फुटबल बनाउने कसम खाएर एन्फा छिरेका २१ जना कार्यसमिति सदस्यको समेत हो । प्रश्नको जवाफ तिनीहरुले पनि दिनुपर्नेछ । कार्यसमिति बैठकमा हरेक जसो समय पर्स हराउन, विदेश सयरको टिकेट कुम्लयाउन, मासिक भत्ता पचाउन मात्र एन्फा छिरेको हो भने फरक कुरा हो, नत्र हरेक कार्यसमिति सदस्य नेपाली फुटबलको असफलताको जिम्मेवारी बन्नुर्नेछ । हेक्का सबैलाई रहोस् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP