• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
ओलम्पिक इ–स्पोर्ट्स सिरिज र नेपाल 
खेलपाटी संवाददाता
मंगलबार, असार ५, २०८० खेलपाटी संवाददाता
ओलम्पिक इ–स्पोर्ट्स सिरिज र नेपाल 

गोबिन्द भट्टराई, हिम बिक्रम केसी ।

केही वर्ष अघिसम्म लोकप्रिय रहेका खेल, प्रविधि र प्रक्रिया छदै थिएनन् वा सुसुप्त थिए । सिड्नी ओलम्पिकपछि हो विश्वमै पानीमा आधारित खेलले भुमिका र लोकप्रियता बढाउँदै लगेको । कुनै बेला बक्सिङ, कुस्ती लगायतका खेल विश्वमै प्रभुत्व राख्थे । वर्तमान अवस्थामा टेबल टेनिससँगै ती खेल झण्डै झण्डै अस्तित्वको लडाँईमा छन् भन्दा फरक नपर्ला । समाज, सभ्यता र राष्ट्रकै पनि त्यही अवस्था हुने रहेछ । मेसोपोटामिया र सिन्धको सभ्यता र विकास के थियो हिजो, आज के छ ।

आज संसारमै लोकप्रिय मानिएको फुटबल, क्रिकेट, मोटरस्पोर्ट्स, टेनिस, रग्बी र बास्केटबल जस्ता खेलले यो हैसियत र लोकप्रियताको लागि कम्ती मेहनत गर्नु परेन होला । हो, अब यिनै खेलले पनि निकै ठुलो चुनौतीको सामाना गर्नुपर्नेछ निकट भविष्यमा । इ–स्पोर्ट्स, अनलाइन स्पोर्ट्स, सिम स्पोर्ट्स जस्ता विभिन्न नामले बुझिने खेलमा कति युवाको आकर्षण हेला भनेर बुझ्न टाढा जानुपर्दैन । हाम्रै टोल टोल र घर घरमा खेलिएका र झुम्मिएका युवादेखि प्रौढसम्म हेरे पुग्छ ।

यही अवस्थाको आँकलन गरेर होला, विश्वमा धेरै खेल महासंघ समेत इ–स्पोर्ट्समा आउँदैछन् । जसमा अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसनले मोटर स्पोर्ट्स, आर्चरी, बेसबल र साइक्लिङ जस्ता खेलमा मात्र नभएर तेक्वान्दो जस्तो फिजिकल र फुल कन्ट्याक्ट मानिएको खेलमा समेत इ–स्पोर्ट्सको लोकप्रियता बढेर होला तिनले आफ्नो तयारी सुरु गरिसके । 

यस्तो लाग्छ अबको केही समयभित्र विश्वकै ठुलो र लोकप्रिय ब्यापार र खेलकुदनै इ–स्पोर्ट्स हुन बेर छैन । के यि सम्पुर्ण अवस्थाबाट आइओसी बेखबर थियो र ? अवश्य छैन । र सुरुदेखिनै त्यसतर्फको यात्रा उसले सुरु गरिसकेको रहेछ भन्ने प्रमाण हो । यही हप्तादेखि सिंगापुरमा सुरु हुने ओलम्पिक इ स्पोर्ट्स सिरिजलाई हेर्दा आइओसीले समेत इ–स्पोर्ट्समा आफ्नो उपयोगिता देख्न थालेको भन्दा यसमा संलग्नलाई कम्ती खुसी लाग्दो हो । 

अन्तराष्ट्रिय ओलम्पिक कमिटीको मातहतमा अन्तराष्ट्रिय इ–स्पोर्ट्स फेडेरेसन तथा सिंगापुरमा ओलम्पिक कमिटीको आयोजना हुने ओलम्पिक इ–स्पोर्ट्स सिरिज यही जुन २० गतेदेखि २६ जुनसम्ममा आयोजना हुदैछ । गत फेब्रुअरी २१ मा लुजानस्थित आइओसी हेडक्वार्टरमा सार्वजीक गरिएको इ–स्पोर्ट्स सिरिजलाई मार्च १ मा आइओसीले सार्वजनीक गरेको थियो । सुरुवातमै ९ वटा अन्तराष्ट्रिय महासंघले त्यसमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । र तीनै ९ वटा क्षेत्रमा इ–स्पोर्ट्सका खेल हुदैछन्, पहिलो पटक आइओसी, इन्टरनेश्नल फेडेरेसनको झण्डामुनी । 

लगभग २५ हजार खेलाडी तथा अफिसियल र प्राविधिक सहभागी हुने अपेक्षा गरिएको सो सिरिजमा नेपालबाट मोटर स्पोर्ट्समा मात्र सहभागीता जनाउने जानकारी छ । सिम रेसिङ मानिने मोटर रेसिङमा नासा नेपालको तर्फबाट जय मास्केले प्रतिस्पर्धीको रुपमा सिंगापुर जादैछन् । उनी सम्भवत आइओसीको झण्डामुनि इ–स्पोर्ट्समा भाग लिने पहिलो नेपाली हुनेछन् । जहाँ मोटर स्पोर्ट्समा मात्रै ७० भन्दा धेरै राष्ट्रको प्रतिनिधित्व हुनेछ । जसमा अफिसियलमा भने दिप्रस शाक्यको सहभागिता हुनेछ । जो नेपालमा पहिलो पटक भएको छनोटमा दोस्रो भएका थिए ।

यसै हप्ता सिंगापुरमा मोटर स्पोर्टस, साइक्लिङ, टेनिस, आर्चरी, बेसबल, चेस, डान्स र तेक्वान्दोका हजारौं खेलाडीले आफुलाई अब्बल सावित गर्नेछन् । त्यतिमात्रै हैन, बदलिएको परिस्थिती र युवाको आकर्षणलाई बुझि आफुलाई रुपान्तरण गर्ने मौका समेत अन्तराष्ट्रिय महासंघ र राष्ट्रिय संघले पाउनेछन् ।

छनोटदेखिको फाइनल राउण्ड कसरी गरिनेछ भन्ने आगामी दिनमा लेखौला । यस पटक भने विश्वमै इ–स्पोर्ट्सको प्रभावबारेमात्र चर्चा गरिएको हो । विश्वमा पछिल्लो समय तिव्र गतिमा विकास भैरहेको इ–स्पोर्टस बिलियन डलर भ्यालुको खेल उद्योग हो । प्रारम्भिक प्रक्षपणले भन्छ, यसको आकार ठुलो मात्रामा बढ्नेछ । सहज पहुँच र अन्तराष्ट्रिय ‘एक्सपोजर’ले युवाहरु यसतर्फ अझ आकर्षित छन् । औसत खेलाडीले व्यवसायीक रुपमा राम्रो कमाई समेत गरिरहेका छन् । 

नेपालमा समेत इ–स्पोर्ट्स विधाको पब्जि खेल्नेको संख्या बढ्दै दुई मिलियन भन्दामाथि छ भने अन्य स्पोर्टस् समेत गणना गर्दा यसको संख्या १० मिलियन सजिलै कट्ने देखिन्छ । केही महिनाअघि मात्र नेपालको टिमले पब्जिको वल्र्ड च्याम्पियनसिपमा दोस्रो भएर करोडौं पुरस्कार जितेर आएपछि यसको लोकप्रियता र चासो चौतर्फी रुपमा बढेको छ ।

सरकार र खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा इ–स्पोर्ट्स शब्द पनि नभेटिरहेको अवस्थामा समाज र अन्तराष्ट्रिय जगतमा नेपाली इ–स्पोर्टसको गतिविधि, सफलता र सम्भावना चाखलाग्दो छ । यसलाई संस्थागत गर्ने र व्यवसायी बनाउने जिम्मेवारी अब सरकार र यसका जिम्मेवार निकायसमक्ष आइपुगेको छ । यसको संस्थागत विकास, कानुनी जटिलता र व्यवसायिक विकासमा समेत राज्यले महत्वपुर्ण कदम चाल्नुपर्ने समय भैसकेको छ । 


किन इ–स्पोर्ट्स फेडेरेसन ?

  • सबै किसिमका इ–स्पोर्ट्सलाई समन्वय गर्ने 
  • इ–स्पोर्ट्सका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता गर्न
  • इ–स्पोर्ट्सका नियम तयार गर्न
  • सरकारी पेशागत तथा व्यवसायीक क्षेत्रसँग सहकार्य गर्न
  • इ–स्पोर्ट्सको खेलाडी, प्राविधिक र अफिसियल तयार गर्न
  • जुवा सट्टेबाजी तथा गैरकानुनी कार्यबाट युवालाई जोगाउन
  • लगानी, रोजगारी र प्रतिफल अध्ययन, अनुसन्धान गर्न
  • नेपाली खेलाडीलाई विश्वव्यापी पहुँच वृद्धि गर्न
  • ठुलो आर्थिक भार र लगानी न्युनिकरण गर्न
  • युवा समूहलाई खेलकुदप्रतिको मोह जगाई राख्न
  • स्थानीय स्तर र स्वतस्फुत भैरहेको इ स्पोर्ट्सलाई राष्ट्रिय मान्यता दिलाउन 
  • पदक, पहिचान र राष्ट्रिय गौरव वृद्धि गर्न
  • सरकारी साथ, सहयोग र समर्थन पाउन

तसर्थ के अब पनि इ–स्पोर्ट्सलाई फेडेरेसन बनाएर जान किन हच्किने ?

किन लोकप्रिय बन्दैछ इ–स्पोर्ट्स ?

  • थोरै लागतमा खेल्न सकिने 
  • धेरै समय नचाहिने
  • रोमाञ्जक, सृजनशिलता र सनसनीपूर्ण 
  • व्यवसायीक लगानी र फाइदाको अवसर
  • सानो स्थानमा खेल्न सकिने 
  • कम्प्युटर, मोबाइल र ल्यापटपमा खेल्न सकिने
  • पदक प्रतिष्ठा र पुरस्कार निकटमै 


कहाँबाट सुरु गर्ने ?

  • इभेन्ट र क्लबको डाटा संलकन 
  • राखेपमा फेडरेसन दर्ता
  • एक स्थानमा खेल सेन्टर तयार
  • नियमावली र इभेन्ट सार्वजनीक
  • खेलाडी र अफिसियल तालिम
  • आवश्यक भौतिक सामाग्री खरिद
  • अन्तराष्ट्रिय आबद्धताको पहल 

खैर जे होस्, भिडियो गेममा छोराछोरी लागेको देखेर बुवाआमा पिरोलिने दिन जादैछ अब । त्यो हो भने यो सिंगो समाज, परिवार र राष्ट्रकै लागि पनि एउटा चुनौती र अवसर दुवै हो । किनकी खेल भन्ने वित्तिकै शारिरीक र भौतिक प्रतिस्पर्धा, पूर्वाधार र प्रयत्नलाई बुझेका हामी अब ३६० डिग्रीको परिवर्तनर्फ जादैछौं । त्यसो भन्दैमा हाल भैरहेको लगानी, लगाव र लोकप्रियतालाई अवमुल्यन गर्नु हुदैन । अबको इ–स्पोर्ट्सले खेललाई अझ लोकप्रिय र विश्वव्यापी बनाउन मदत पुग्नेछ ।

- (भट्टराई साहसीक तथा पर्वतीय खेलकुद महासंघका अध्यक्ष हुन् भने केसी खेलकुद पत्रकारितामा कलम चलाउँछन् ।)

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
ऐतिहासिक जितमा निर्णायक जेलेस्पी
ऐतिहासिक जितमा निर्णायक जेलेस्पी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
आइपिएल स्थगित
आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP