संकटा र एनआरटीको बराबरी
शनिबार, २७ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
च्यासल मैदानमा शनिबार संकटा र एनआरटीले १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलमा सुरुआती अग्रता भने संकटाले बनाएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा नेल्शन कोनफरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८९ औं मिनेटमा बिक्रम धिमालले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै संकटाले २६ खेलमा ३२ अंक जोडेको छ ।
एनआरटीले २७ खेलमा ३४ अंक जोडेको छ ।
संकटा र एनआरटीको बराबरी








-1765173906909.webp&w=3840&q=75)



-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)