शनिबार, १६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Loading ad...
Bhat Bhateni Supermarket Ad

एलेक्सजेन्डर र नाजिरको राष्ट्रिय कीर्तिमान

सोमबार, २२ जेठ २०८०खेलपाटी संवाददाता
एलेक्सजेन्डर र नाजिरको राष्ट्रिय कीर्तिमान
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पौडी संघको आयोजनमा भएको ११ औं एनएसए कप पौडी प्रतियोगिताको दोश्रो दिन थप चार राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।

दोश्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरेका हुन् । ५० मिटर फ्रि स्टायलमा एलेक्सले विहान हिट चरणमा आफ्नै नाममा रहेको २४.९७ सेकेन्ड समयमा सुधार गर्दै २४.१२ सेकेन्डमा दुरी पुरा गरेका थिए । उनले फाईनलमा पुनः त्यस समयमा सुधार गर्दै २३.९७ सेकेन्डको नयाँ किर्तिमान कायम गरे ।

यस्तै १०० मिटरमा एलेक्सले आफ्नो नाममा रहेको ५३.४१ सेकेन्ड समयमा सुधार गर्दै ५२.९६ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् ।

यसै गरि १०० मिटर ब्रेष्ट स्ट्रोकामा विकास कुमालले शुभमका नाममा रहेको १ मिनट १०.५९ सेकेन्डलाई विस्थापित गर्दै १ मिनट १०.१४ सेकेन्ड समयलाई आफ्नो नाममा लेखाए । कुमालले हिजो पहिलो दिन दुई कीर्तिमान कायम गरेका थिए।

यस्तै अर्को कीर्तिमान नाजिर हुसेनको नाममा रह्यो । आफ्नै नाममा रहकेको ४ मिनट १२.२३ सेकेन्ड समयमा सुधार गर्दै ४ मिनट १२.१७ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरे ।

प्रतियोगितामा यु १० तर्फ पुरुषमा मायोन श्रेष्ठ र महिला तर्फ सिसोमबुम राई, ११—१२ तर्फ कल्किन श्रेष्ठ र रोयल प्रजापती, १३—१४ तर्फ अजल काजी ताम्राकार र मेगन गुरुङ्ग, १५—१७ तर्फ अल्भिन महर्जन र रोशा न्यौपाने र खुलातर्फ एलेक्जेन्डर गादेगाद शाह र महिलातर्फ गौरिका सिंह र दुवाना लामा संयुक्त रुपमा उत्कृष्ट खेलाडी घोषित भए । गौरिका र दुवानाको समान अंक भए पश्चात दुवैलाई उत्कृष्ट घोषित गरिएको थियो ।

प्रतियोगितामा निशर्ग बाटिका स्कुल १२३ अंकका साथ प्रथम भयो । दोश्रो स्थानमा स्वस्ती श्री गुरुकुल ९८ अंक र तेश्रो स्थानमा लिङ्कन ५४ अंकका साथ रह्यो ।

बिजयी खेलाडी तथा टिमलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ्गले मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।

उमेर समूहका उत्कृष्ट खेलाडीहरुले नगद ३ हजार र खुला तर्फका खेलाडीले नगद १० हजार प्राप्त गरे । यस्तै किर्तिमान राख्ने खेलाडीहरुले प्रत्येक किर्तिमान बापत ५ हजार नगद प्राप्त गरेका थिए ।

Loading ad...
LiNing Ad
एलेक्सजेन्डर र नाजिरको राष्ट्रिय कीर्तिमान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार