सागरलाई स्वर्ण
शुक्रबार, ०८ असार २०७५खेलपाटी संवाददाता

ललितपुर । नेपाल प्रहरीका सागर यादवले ओलम्पिक डेका अवसरमा आयोजित पाँचौं राष्ट्रिय साम्बो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
नेपाल साम्बो महासंघको आयोजनामा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको पुरुष ९० केजी फाइनलमा सागरले पोखराका सुदीप आचार्यलाई पराजित गरे ।
एकदिने प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


