सातदोबाटोमाथि खुमलटारको जित
मंगलबार, ०९ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पुछारको एफसी खुमलटारले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार खुमलटारले सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरे ।
मेसुकेले खेलको ३७ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
खुमलटारको यो छैटौं जित हो ।
खुमलटारले २० खेलमा २१ अंक जोडेको छ ।
सातदोबाटो २० खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
सातदोबाटोमाथि खुमलटारको जित









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
