ओलम्पियन पूर्व धावक केसी सम्मानित
मंगलबार, ०३ पौष २०७५खेलपाटी संवाददाता
काठमाडौं । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा रेडियन्टले आफ्नो वार्षिक खेलकुद दिवसको समापनका अवसरमा केसीलाई सम्मान गरेको हो ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा र रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले केसीलाई दोसल्ला ओढाउनुका साथै प्रशंसा पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरे ।
केसीले १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली एथलेटिक्स च्याम्पियनसिपमा कांस्य जितेका थिए ।






%20(2)-1765947464452.png&w=3840&q=75)


-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)
