उप मेयर कप महिला कराते शनिबार
बिहिबार, जेठ ४, २०८०खेलपाटी संवाददाता

काठमाडौं । शंखडोल कराते एकेडेमीको आयोजनामा प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत हुन लागेको प्रतियोगितामा १ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितले जनाएका छन् ।
गोकणेश्वर नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा जम्मा ८ स्पर्धामा खेल हुनेछ । ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, खुला, एकल काता, टिम काता र टिम फाइटमा प्रतिस्पर्धा हुनेछ ।
हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १ हजार ५ सय, १ हजार र ५–५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
एकदिने प्रतियोगिताका खेलहरु गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा खेलाइने छ ।
उप मेयर कप महिला कराते शनिबार






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)