'ए' डिभिजन लिग : दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार दुई खेलहरु हुँदैछ।
लिगको दोस्रो लेग अन्तर्गत बुधबार दुई खेलहरु हुँदैछ । जसमा एक दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
फ्रेन्ड्स आज छैटौं जितको योजनामा हुनेछ । फ्रेन्ड्स १८ खेलमा २० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
मछिन्द्र नवौं जितको खोजीमा हुनेछ । मछिन्द्र १८ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ । संकटा र मनाङबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
मनाङ आज छैटौं जितको खोजीमा हुनेछ । मनाङ १८ खेलमा २२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
संकटा पनि छैटौं जित निकाल्न चाहन्छ । संकटा १८ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।