काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ ।
मलेसियाको घरेलु मैदानमा हुने सिरिज मे २९ बाट सुरु हुनेछ । दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ ।
जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।
पछिल्लो पटक नेपालले मलेसियामा नै गत बर्षको जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप खेलेको थियो ।
गत वर्ष घरेलु भुमिमा युगान्डाविरुद्ध नेपालले ५ खेलको नै टी-ट्वान्टी सिरिज खेलेको थियो । युगान्डाले सो सिरिज ३-२ ले जितेको थियो ।
